काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
Tuesday, June 2nd, 2020, 5:20 pm
काठमाडौं- काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । २४ वर्ष देखि ३२ वर्ष सम्मका ३ जना महिला स्वास्थ्यकर्मी र २८ वर्षका एक जना स्वास्थ्यर्मी पुरुष मा कारोना पोजेटिभ देखिएको उनले बताए ।
योसँगै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या २८८ पुगेको छ । जसमध्ये २७० जना पुरुष र १८ जना महिला रहेको प्रवक्ता देवकोटाले बताए ।
नेपालमा कुल संक्रमितको संख्या २०९९ पुगेको छ । हालसम्म संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।