नेपालमा थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो
Tuesday, June 2nd, 2020, 5:16 pm
जेष्ठ २०,काठमाडौं:- मंगलबार नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको सँख्या २०९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले देशका विभिन्न स्थानमा गरिएको पछिल्लो विवरणअनुसार २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।
प्रवक्ताका अनुसार ७५ हजार ३ सय ४३ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ जनाको परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा ३ हजार ४ सय ४० नमुना पीसीआर विधिबाट गरिएको छ भने २ हजार ५ सय ८८ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।
देशभर १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् । देशभरका अस्पतालका आइसोलेसनमा १ हजार ८ २५ उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणअनुसार देशभरबाट ४५ जना डिस्चार्ज भएका छन् ।