लकडाउनको मोडल परिबर्तन गर्ने तयारी गर्दै सरकार
Monday, June 1st, 2020, 9:12 pm
काठमाडौं । सरकारले जेठ ३२ अघिनै संक्रमणको जोखिम हेरेर लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।
मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार उच्चस्तरीय समन्वय समितिले विज्ञहरुको सल्लाह शुझाब लिएर कम जोखिम भएको क्षेत्रमा जनजीवन सामान्य बनाउने विषयमा प्रस्ताव तयार गर्ने भएको छ ।
जेठ ३२ सम्मको लकडाउन कायम राखेर उता भने विज्ञहरुको सल्लाह शुझाब र अन्य देशका अनुभव समेत हेरेर लकडाउनको मोडालिटी हेरफेर गर्ने निर्णय गरेको थियो ।
संक्रमित नभएको क्षेत्रको लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि छलफल भइरहेको छ ।
पछिल्ला दिनमा कोरोना सांक्रमण तीब्र रुपमा बढेपनि संक्रमितहरु प्रायः सबै भारतीय नाकाबाट भित्रिएकाले भारतीय नाकामा रहेका जिल्लामा कडाइ गर्दै कम जोखिमका क्षेत्रको जनजीवन खुकुलो बनाउने सम्भावना रहेको छ ।