रुकुम घटना : सर्वदलीय संसदीय समिति बनाउन माग
Monday, June 1st, 2020, 4:05 pm
काठमाडौं, जेठ १९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रुकुम पश्चिममा मारिएकाहरुको छानबीनका लागि संसदीय समित गठन गर्न माग गरेको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गगन थापाले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे छानबीन गर्न सर्वदलीय संसदीय समिति बनाउन माग गर्नुभएको हो ।
दलितका हक अधिकार र कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले अनुहारमा कालो पोतिएको भन्दै थापाले दलितका हक लेख्यौं, कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले यस्तो गर्व गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको छ ।’ भन्नुभयो ।
उक्त घटनामा अन्तर्जातीय प्रेममा रहेका नवराज विक आफ्नी प्रेमिका लिन जाजरकोट जाँदा उनी र उनका पाँच जना साथि मारिएका छन् भने एक जना अझै बेपत्ता छन् ।