थप २५ जना कोरोना निको भएर घर फर्किए
Monday, June 1st, 2020, 3:58 pm
जेठ १९ । भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरुमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५, गैडहवा गाउँपालिकाका १०, सिद्धार्थनगर नगरपालिकाका १, कपिलवस्तु जिल्लाका ५, नवलपरासीका ३ र भारतका १ जना रहेका छन् ।
डिस्चार्ज भएकालाई प्रदेश ५ सरकारको सामाजिक विकासमन्त्री सुर्दशन बराल, प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मासहित अस्पतालका स्वास्थ्यकर्मीहरुले खादा ओढाएर तथा पुष्पगुच्छा दिएर विदाइ गरेका थिए ।