नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुग्यो
Sunday, May 31st, 2020, 4:44 pm
नेपालमा कोरोना भाइरसबाट मर्नेको संख्या ८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकास देबकोटाले जानकारी दिएका हुन। गत २४ घण्टामा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ताले जानकारी दिए।
यसअगि नेपालमा ६ जनाको मृत्यु भैसकेको छ।