२ वर्षीया बालिकामा मृत्युपछि कोरोना पुष्टि
Sunday, May 31st, 2020, 4:14 pm
जेठ, १८ ।बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।
‘बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकि बालिकाको आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। बालिकाको बुवाको भने रिपोर्ट नेगेटिभ भने नेगटिभ आएको छ ।
बालिकाको आज बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्।
बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको अस्पतालले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। यीमध्ये ७ जनामा मृत्युपछिमात्र कोरोना पुष्टि भएको हो।