संविधान संशोधन विधेयक संसदमा पेश गरियो
Sunday, May 31st, 2020, 11:47 am
काठमाडौं,१८ जेठ । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले आजको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्नुभएको हो ।
निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको हो ।