कोरोनाको भ्याक्सिन यसै वर्षको अन्तमा आउने !
Sunday, May 31st, 2020, 11:07 am
काठमाडौं,१८ जेठ । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो ।
वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको परीक्षण जारी छ ।