आजको मौसम कस्तो हुन्छ ?
Sunday, May 31st, 2020, 10:26 am
जेठ १८ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । यसका साथै, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ भने स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ममहाशाखाले हाल देशभरी नै सामान्य बदली भइरहेको र केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।
यस्तै आज दिउँसो देशका धेरै स्थानहरुमा सामान्य बदली हुनेछ । देशका केही स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा आइतबार राति पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदलीको सम्भावना रहेको छ । भने अन्य क्षेत्रहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।
यस्तै, पूर्वी भूभागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।