गर्भवती महिला ४ दिनमै कोरोना मुक्त
Saturday, May 30th, 2020, 10:04 pm
काठमाडौँ, १७ जेठ । प्रदेश ३ को राजधानी हेटौँडामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकी गर्भवती महिला कोरोना मुक्त भएकी हुन्।
गत वुधबार कोरोना पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
उनमा कोरोना देखिएको ४ दिनपछि नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको हो । कोरोना पुष्टि भएपछि जेठ १४ गते उनीलाई भरतपुर अस्पताल पठाइएको थियो । रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले उनी ४ दिनमै निको भएको अस्पतालले जनाएको छ ।
उनको आइतबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।