संक्रमितको संख्या १४ सय नाघ्यो, निको हुनेको संख्या दुई सय नाघ्यो
Saturday, May 30th, 2020, 4:35 pm
काठमाडौं, जेठ १७ । नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
आज थपिएका १८९ सहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ।
नेपालमा हालसम्म सबैन्दा धेरै संक्रमित थपिएका आज नै हो।
नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन्। आज १३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २१९ पुगेको हो।