त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार
Saturday, May 30th, 2020, 3:19 pm
काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार ३ सय मिटर कायम गरिएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप तीन सय मिटर विस्तार गएको हो।
विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टु विस्तारको काम सम्पन्न भएको विमानस्थलले जनाएको छ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो।
आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठका अनुसार धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर बनाइएको छ ।।
विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको मापदण्ड पूरा हुने उहाँको भनाई छ ।