एमसीसी अनुमोदन गर्ने , नगर्ने जिम्मेवारी संसदको भएको नेकपाको निष्कर्ष
Saturday, May 30th, 2020, 1:01 pm
काठमाडौं,जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय संसदले गर्ने बताएको छ ।
शनिबार (आज)बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने निष्कर्ष निकालेको हो ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने बताउनुभया । यसअघि नै प्रधानमन्त्रीले एमसीसी पारित हुने आशय व्यक्त गर्नुभएको थियो भने संसदमा निणयार्थ पेस भएपछि जे निर्णय आउँछ सोही आधारमा सरकार अघि बढ्ने जानकारी गराउनुभएको थियो ।
बैठकले संसदमा एमसीसीको विषयमा अर्थमन्त्रीले सोहीअनुसार जवाफ दिने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।