नेपालमा कोरोना भाइरसको संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु
Friday, May 29th, 2020, 5:06 pm
१५ जेठ, अर्घाखाँची । नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
उनको बिहीबार राती निधन भएको थियो । मृत्युपछि मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यसअघि नेपालमा पाँच जनाको मृत्यु भइसकेको छ ।