रुकुम घटना : उच्चस्तरीय समितिले काम थाल्यो
Friday, May 29th, 2020, 3:18 pm
१६ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबारे उच्चस्तरीय छानविन समितिले अध्ययन थालेको छ ।
गृहमन्त्रालयद्वारा गठिन समितिले आजदेखि जाजरकोट पुगेर छानविन थालेको हो । समितिले शुक्रबार(आज) मात्रै पिडितपक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उक्त छानविन समितिले भेरी नगरपालिका–४ का सन्जु विकको पोष्टमार्टम रिपोर्टबारे स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्यायन गरेको छ ।
घटनाबारे सदनदेखि सडकसम्म चर्को दबाव परेपछि सरकारले गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।