सरकारसंग जेठ २१ देखि नयाँ शैक्षिकसत्र सुरु गर्न माग
Friday, May 29th, 2020, 1:59 pm
काठमाडौं, सरकारसंग जेठ २१ गते बाट नयाँ शैक्षिकसत्र सुरु गर्न निजी विद्यालयहरुले आग्रह गरेका छन् । सामाजिक दूरी कायम राखी आगामी जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् ।
‘सामाजिक दूरी कायम राखी आगामी जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न र शिक्षक कर्मचारीहरु विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुने लगायतका काम सुरु गर्ने विज्ञप्तिमा उल्लेख गरीएको छ ।