झापाको एउटै गाउँपालिकामा ७३ जनालाई कोरोना
Friday, May 29th, 2020, 12:26 pm
झापा, १६ जेठ । झापाको एउटै गाउँपालिकामा ७३ जनालाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोरोना संक्रमण भटिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको हो । बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना संक्रमित पुष्टि भएको थियो ।
त्यसअघि ४८ जना संक्रमित पुष्टि भई उनीहरुलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो ।
बिहीबार पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको पालिकाका अध्यक्ष अञ्जार आलमले बताए । आलमका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएका छन् ।