कांग्रेस संसदीय दलको बैठक आज बस्ने
Friday, May 29th, 2020, 11:36 am
काठमाडौं, जेठ १६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
आज(शुक्रबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल हुनेछ। संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक भोली शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।