आगामी वर्षको सुरुमा मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने
Friday, May 29th, 2020, 11:26 am
काठमाडौं, जेठ १६ । मेलम्ची खानेपानी आयोजना सबैको ध्यानाकर्षण गराउने योजना हो ।किनभने उपत्यका बासी वर्षौदेखि मेलम्ची कहिले आउँला र उपत्यकामा पानीको अभावको अन्त्य होला भनेर बसेका छन् । तर वर्षौसम्म कुर्दा पनि मेलम्चीको पानी काठमाडौ आएको छैन । जसका कारण नागरिक निराश छन् । हिजो अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७ र ७८ को बजेट सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षमा नै सम्पन्न गरी आर्थिक वर्षको शुरु देखि नै खानेपानी वितरण सुरु गरिने बताउनुभयो । यो आयोजनाको दोस्रो चरणको निर्माण कार्य शुरु गर्न ५ अर्व ४६ करोड विनियोजन गरेको जानकारी दिनुभयो । योसँगै उपत्यकामा मेलम्चीको पानी आगामी वर्ष आउने विश्वास नागरिकमा बढेको छ ।