नाग्छुले दियो टोखालाई दुई करोड बराबरको स्वास्थ्य सामग्री
Thursday, May 28th, 2020, 9:32 pm
जेठ १५, काठमाडौं । टोखा नगरपालिकालाई तिब्बतको नाग्छु नगरपालिकाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
तिब्बतको नाग्छु नगरपालिकाका पदाधिकारीहरुले टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई खासामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । नाग्छु नगरपालिकाले टोखा नगरपालिकालाई दुई करोड रुपैंयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको नगरपालिकाका अधिकारीले बताउनुभयो ।
विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य सामाग्रीले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो ।
यसैबीच टोखा नगरपालिका र तिब्बतको नाग्छु नगरपालिकाविच भगिनी सम्बन्ध स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । नाग्छु र टोखा नगरपालिका विच केहि दिनमै भगिनी सम्बन्ध स्थापना हुने टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले जानकारी दिनुभयो । कोरोनाको संक्रमणको जोखिमलाई मध्येनजर गरी समाधानी अपनाएर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अधिकृत पौडेलको भनाई छ ।