स्वास्थ्य क्षेत्रमा ९० अर्व भन्दा बढि बजेट
Thursday, May 28th, 2020, 6:05 pm
काठमाडौं,१५ जेठ। आगामी आर्थिक वर्ष २०७७ र०७८ को लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । यो वर्ष गत वर्षको भन्दा २२ अर्ब ९ करोडले बढी हो ।
स्वास्थ्य मन्त्रालयले नयाँ कार्यक्रम सञ्चालनका लागि यसवर्ष २८ अर्ब ३१ करोड ८२ लाख बजेट माग गरेको थियो भने अन्य नियमित कार्यक्रम र चालु खर्चका लागि ५४ अर्ब ८३ करोड प्रस्ताव पेश गरेको थियो ।
सरकारले यो वर्षको बजेटमा मुख्य गरी संक्रामक रोगहरूको उपचार नियन्त्रण र अनुसन्धानलाई जोड दिएको छ । स्वास्थ्य क्षेत्रको पूर्वाधारको लागि १२ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य संस्थामा दरबन्दी थप गर्नको लागि पनि बजेट विनियोजन गरिएको छ ।
कोरोना संक्रमितहरुको उपचारका लागि ६ अर्ब छुट्याइएको छ भने संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको लागि ५ लाखको बिमाको व्यवस्था गरिएको छ ।