आज १३ औं गणतन्त्र दिवस मनाईंदै
Thursday, May 28th, 2020, 11:45 am
जेठ १५ ,काठमाडौं। आज १३ औं गणतन्त्र दिवस । देशभर गणतन्त्र दिवस मनाईंदैछ ।२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । आजदेखि १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२ र०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।
सोही आन्दोलनले सशस्त्र हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्यायो ।
२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।