गणतन्त्र दिवसको अवसरमा २४१ कैदिको सजाय र दण्ड जरिवाना मिनाहा
Thursday, May 28th, 2020, 9:58 am
१५ जेठ, काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जनाको कैद, दण्ड जरिवाना, विगो, सर्वस्व लगायतको सजायँ माफि पनि गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिनुभएको हो ।
राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्ति अनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मा सहित २ सय ३३ जना कैदीहरुको बाँकी कैद सजायँ माफी मिनाहा भएको छ ।
यसैगरी कपिल देव साह कानू समेतका आठ जना व्यक्तिहरुलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्व लगायतको सजाय माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख गरिएको छ ।