आज बजेट प्रस्तुत गरिदै
Thursday, May 28th, 2020, 9:20 am
काठमाडौं ,१५ जेठ। आज संसदमा आर्थिक वर्ष २०७७ , ०७८ को बजेट प्रस्तुत हुँदैछ। दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट पेश गर्नुहुनेछ ।
खतिवडाले तेस्रोपटक संसदमा बजेट प्रस्तुत गर्न लाग्नुभएको हो । बजेटले यसपटक कोरोना महामारीबाट बिरामी बनेको अर्थतन्त्रलाई मलमपट्टी गर्ने प्रयास गर्नेछ ।