स्वास्थ्य सामग्री लिन आज चीन जाँदै जहाज
Wednesday, May 27th, 2020, 2:30 pm
जेठ १४, काठमाडौं । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।
चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको हो । चीनको ग्वाङ्जाओबाट जहाज स्वास्थ्य सामग्री लिएर भोलि फर्कनेछ । चीनबाट २८दशमलव ६६ टन स्वास्थ्य सामग्री ल्याउने योजना छ।
सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३ सय ४१ टन स्वास्थ्य सामग्री मध्ये ४७ दशमलव ५ टन जहाजबाट र अरु स्वास्थ्य समाग्री स्थल मार्गबाट ल्याउने योजना बनाएको थियो।
यसघि जेठ ६ गते १८ दशवलव ८४ टन स्वास्थ्य समाग्री जहाजबाट आइसकेको छ।
चीनबाट सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउँदैछ।