सगरमाथाको उचाइ मापन गर्ने चिनियाँ टोली चुचुरोमा पुग्यो
Wednesday, May 27th, 2020, 2:02 pm
काठमाडौं । सगरमाथाको उचाइ मापन गर्न चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको छ । सगरमाथा आरोहण गर्ने तिब्बत तर्फको बाटोबाट आज बिहान चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
टोलीले यसअघि पनि विभिन्न चरणमा उचाइ मापनको काम गरिरहेको छ ।
सगरमाथाको उचाइ ८ हजार ८४८ रहेको छ । तर प्राकृतिक गतिविधिका कारण उचाइमा फेरबदल भएको हुन सक्ने अनुमान पनि गरिएको छ ।
नेपालले पनि अघिल्लो वर्ष सगरमाथाको शिखरसम्म पुगेर उचाइ नापेको थियो । नापी विभागले चिनियाँ पक्षले उचाइ नापिसकेपछि एकमुष्ट रुपमा उचाइ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।