संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो
Wednesday, May 27th, 2020, 1:40 pm
काठमाडौं,१४ जेठ । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ ।
संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री ड. शिवमाया तुम्बाहाङ्फेले आजको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो । संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको छ । तर, आज यो विषय कार्यसूचीबाट हटाइएको छ ।