अस्पतालको आइसोलेसनमा रहेका पुरुषको मृत्यु
Wednesday, May 27th, 2020, 9:58 am
कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका कैलालीका एक जनाको मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरेका हुन्। पुष्टि गरे पनि काेराेना परीक्षणकाे रिपाेर्ट भने आउन बाँकी छ।
उनलाई कोरोना आशंकामा उनी जेठ १३ गते मंगलवार बेलुका सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
सूचना अधिकारी श्रेष्ठका अनुसार पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रयोगशालामा पठाइएको छ।
यस सगै, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ। उनीहरु जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पताल तथा टिकापुर अस्पतालमा उपचार भइरहेको छ।