मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
Wednesday, May 27th, 2020, 9:45 am
काठमाडौं, देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
अहिले नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय प्रणालीको प्रभाव कायम रहेको छ भने स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशको पूर्वी भू–भाग तथा मध्य पहाडी भू–भागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी भू–भाग तथा,मध्य पहाडी भू–भागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भू–भागमा मध्यान्हपछि केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राती देशको पूर्वी र मध्य भू–भागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
पूर्वी तथा मध्य भू–भागका केही स्थानहरुका साथै पश्चिमी भू–भागका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।