गौरीफन्टा नाकाबाट आज मात्र ५ हजार बढी भित्रिए
Tuesday, May 26th, 2020, 9:05 pm
धनगढी, १३ जेठ -कैलालीको गौरीफन्टा नाका हुँदै मंगलवार मात्र ५ हजार १३ जना नेपाली भारतबाट स्वदेश फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले मंगलवार गौरीफन्टा नाका २ घण्टाका लागि खोलिएकोमा ५ हजार १३ जनाको उद्धार गरिएको जानकारी दिए ।
उनीहरूलाई सीमा क्षेत्रबाटै सम्बन्धित पालिकामा पठाउन लागिएको जोशीले बताए । गौरीफन्टा नाकाबाट पछिल्लो ९ दिनमा झण्डै २० हजार अलपत्र नेपालीको उद्धार गरिएको छ ।