२१ कोरोना संक्रमित डिस्चार्ज हुँदै
Tuesday, May 26th, 2020, 8:30 pm
जेठ १३ । विरगञ्जमा रहेको गण्डक अस्पतालमा रहेका २१ जना कोरोना संक्रमितलाई केहिबेर पछि डिस्चार्ज गरिने भएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्न लागेको हो ।
अस्पतालमा ३० जना संक्रमित रहेकोमा २१ जना संक्रमण मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको गण्डक अस्पतालले जनाएको छ ।
उनीहरुलाई मंगलवार(आज) राति ९ बजे डिस्चार्ज गर्ने तयारी भइरहेको छ।