हाम्रो प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर
Tuesday, May 26th, 2020, 8:15 pm
काठमाडौं, १३ जेठ । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसत एक हजार ८५ अमेरिकी डलर अर्थात करिब एक लाख ३१ हजार रुपैयाँ० पुगेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६, ७७अनुसार चालु आर्थिक वर्ष २०७६,७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय यस्तो आकडामा पुगेको हो ।
गत आर्थिक वर्ष २०७५ र ७६ मा प्रतिव्यक्ति आय १ हजार ४७ डलर रहेको थियो । करिब एक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ४५ सय रुपैयाँले बढेको छ । यो वर्ष प्रतिव्यक्ति आय ७ दशमलव ५ प्रतिशतले बढेको छ ।