स्वास्थ्यमन्त्री ढकालको कोरोना परीक्षण
Tuesday, May 26th, 2020, 5:56 pm
काठमाडौं,१३ जेठ । कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको लागि स्वाव संकलन गरिएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेको एक जना बिरामीलाई अस्पतालमै मन्त्री ढकाल भेट्न जानुभएको थियो ।
ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएसँगै मन्त्री मन्त्री ढकालको स्वाव संकलन गरिएको हो । ती महिलालाई कोरोना संक्रमण पुष्टि हुनुअघि भेट गरेको आधारमै मन्त्री ढकाल होम क्वारेण्टाइनमा बसिरहनुभएको थियो ।
मन्त्री ढकालको स्वाब आज विहान संकलन गरिएको हो । संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको ५ देखि ७ दिन भित्रमा स्वाब लिएर जाँच गर्दा गुणस्तरीय रिपोर्ट आउने भएकाले आज उनको स्वाब लिइएको हो । जसको रिपोर्ट साँझसम्म आउने बताईएको छ ।