अब बन्द हाेस् दलित शब्दकाे व्यापार
Tuesday, May 26th, 2020, 5:07 pm
कलेज पढ्दा मधु सर सधै भन्ने गर्नुहुनेथ्याे अनिता तिम्राे दलित समुदायबाट खासै काेहि छैन त्यसैले तिमीले दलित काेटा बाट फारम भर्नु, सजिलाे हुन्छ स्कलरसीप पाउन । दलित भन्ने शब्दै मन पर्थेन । फेरिपनि सरसँग मुख फर्काउथिन किनकी मैले बुझेकाे थिए कि उहाकाे मनसाय गलत थिएन । जबदेखी आफु बुझ्ने भय जस्ताे लाग्थ्याे तबदेखी मैले कहिले पनि दलित काेटामा फारम भरिन । किनकी मलाई कहिले पनि लागेन कि म दलित हुँ ।
हुनत त्यतीबेला मलाई दलित शब्दकाे अर्थ त्यती राम्राेसँग थाहा पनि थिएन । पछि केही अध्ययन गरे अनि फेरि थाहा भयाे कि मलाई दलित वर्ग भित्र नराख्दा पनि हुन्छ । हाे किहले काहि मलाई कलेज फि तिर्न पनि धाै धाै परेका दिनहरू नभएका पनि हाेईनन् । तर म दलित र महिलाकाे काेटा बाट भन्दा पनि खुल्ला प्रतिस्पर्धाबाट स्कलरसिप लिन चाहान्थे किनकी मलाई लाग्थयाे कि एउटा प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिले काेटाबाट सरकारि सेवा लियाे भने साच्चिकै काेटाकाे आवशयक भएकाे मान्छे पछि पर्छ । तर म गलत हुन्थे काेटाकाे सेवा त त्यस्ता व्यक्तिहरू लिन्थे जाे हातमा घाटिमा नाक कान देखाउन मिल्ने जति ठाउँमा सुन चाँदि लगाउने अनि गाडी, बाईक चढेर हिड्ने गर्थे ।
फेरि अधय्यन र कामकाे शिलसिलामा काठमाडाै गएँ । बसाईकाे क्रममा विस्तारै लाग्न थाल्याे दलित भन्ने शबदकाे त देशमा व्यापार विजनेस पाे हुँदाे रैछ । यदि विश्वव्यापी परिभाषा अनुसार दलित भन्ने शब्द काे अर्थ मैले गलत बुझेकाे छैन भने समाजबाट थिचाेमीचाेमा परेका, पछिपरेका, गरिब समुदायलाई भनिन्छ । छाेटाे शब्दमा भन्दा समाजमा पछि परेकाे वर्गलाई दलित भनिन्छ नाकी कामी, दमै सार्की भएर हाेईन । तर यहाँ २१आै शताव्दीका माथिल्लाे तहका विज्ञहरूले त अर्थलाई अनर्थ लगाएर समाजमा यसरी परिभाषित गर्दिनुभएकाे छ कि । विश्व शब्दकाेश नै फ्लप भएकाे छ र गतिलाे व्यापार बनाईएकाे छ ।
अब पनि याे वयापारकाे अन्त्य भएन भने कसै सँग मन विचार मिलेर प्रेम गरेकाे वद्लामा यहाँ नवराजहरू जस्ता हजाराै प्रेमी र प्रेमिकाहरूले आफुले प्रेम गरेकाे मान्छे गुमाउनु पर्छ । कसैले पानि छाेईदियकै निहुँमा अकालमै मर्नु पर्छ भने यता पछि परेकालाई उकास्ने नाममा माथिल्ला तहका विज्ञहरूकाे विजनेस फस्टाईरहनेछ । तयसैले म देशकाे एउटा सक्षम र ईमानदार नागरिककाे हैसियतले मेराे सरकार सँग मेराे याे पहिलाे र अन्तिम अनुराेध । हुनत मलाई थाहा छ कि यति विकराल समस्या यति सजलै अन्त्य हुँदैन र मलाई याे पनि थाहा छ कि हाम्राे सरकारले अब केही यस्ताे परिवर्तन गर्न जरूरि छ ताकी राज्यमा जे जति उन्नति प्रगति भएकाे छ , त्यसमा हामीहरूले गरेकाे याेगदाकाे कदर हाेस् । अब जातियर वर्गीय हिसावमा भयका अपराधका लागी बनाईएकाे कानुन र कारबाहिले मात्रै वरिवर्तन अाएन भन्ने कुरा सबैले बुझ्न जरूरि छ । र हामीले याे पनि बुझ्न जरूरि छ की जातिय र वर्गीय विभेदका लागी गरिने अबकाे याे लडाई ईतिहासकै अन्तिम लडाई हुनेछ ।
त्यसैले हामीलाई पनि राज्यले आफ्नाे नागरिक ठान्छ भने र यदि देशमा फेरि अशान्ति नछाओस् भन्ने कुरा राज्यले चाहान्छ भने अब कि त दलित शब्दकाे अर्थ राज्यका प्रत्येक कुना कुनाका नागरिकलाई थाहा हाेस् कि कामी दमै सार्कि भएकै कारण दलित वर्ग बनाईएकाे हाेईन भनेर हाेईन भने याे शव्दकाे व्यापार बन्द गर्नुस् । विनम्रता पुर्वक म याे भनिरशेकाे छु कि मेराे सरकारले देशका कुना कुनामा गएर हेराेस् र बुझाेस् कि दलित बर्गमा पर्ने बाहुन क्षेत्रीहरूकाे पनि कमि छैन देशमा भनेर ।
यदि साच्चिकै मान्छे जातले ठुलाे सानाे हुन्छ भने त्याे जात कसरी सानाे भयाे ? ईतिहासका पाना पल्टाएर हेर्नुस हातमा सीप, दिलमा मानवता, ईमानदारिता, गला, कला, वुद्वि विवेक सबै थाेक भाकाे मानिसलाई सानाे जातकाे विल्ला भिराईदिने अधिकार तपाईहरूलाई कसले दियाे ? अनि अहिलेका २१आै सताप्दीका शिक्षित भनिएका मान्छेहरूकाे खाेक्राे मानवता । भन्छन् मलाई जातपात सँग कुनै मतलव छैन, म मजाले कथित दलितहरूकाे घरमा गएर अथवा सँगै बसेर खान्छु भनेर खुब दया देखाउछन ।
जब बात उनिहरूकाे घरमा सँगै बसेर खाने कुरामा आउँछ, जव बात विवहा वर्तनकाे आँउछ तब भन्छन् समय लाग्छ । तिमीहरूले आर्जन गरेकाे शिक्षा पनि के शिक्षा जसले आफ्नाे परवारलाई त परिवर्तन गर्न सक्दैन ।। हामीलाई हाम्राे बाहुन क्षेत्रिले हाम्राे घर भित्र हामी सँगै पानि खाईदने समानता चाहिएकाे हाेईन । चाहिएकाे छैन हामीलाई कसैकाे खाेक्राे दया, चाहिएकाे छैन झुटाे काेटा र बर्ग । यदि साच्चिकै मानवता नहराएका मान्छेहरू पनि छाै र देशलाई शान्तीपुर्ण बनाई राख्न, देशमा उन्नति प्रगतिकाे आवश्यकता छ जस्ताे लाग्छ भने नवराजकाे मृत्यु जातकै कारण मर्नुपरेकाे अन्तिम मृत्यु हाेस् । तर याे घटना सिर्फ कारबाहीमा मात्रै सिमीत नहाेस् ।
अब जातिय र वर्गीय विभेदकाे अन्त्य हाेस् । अब देशमा यस्ताे एउटा ईतिहाँस रचियाेस् जस्तै कि जेलबाट अपराधिक सजाय भाेगेर निस्किएकाे कै व्यक्ति पनि फेरि पनि अपराधि नबनाेस् । देशका प्रत्यक मान्छेहरूमा एउटा यस्ताे संस्कारकाे ज्ञान हाेस कि जातले काेहि ठूलाे सानाे हुँदैन । हामी विश्वकाे गरिब देशहरूकाे सर्कलमा यसैले छाै कि हामी घर झगडा धेरै गर्छाै । बन्द हाेस् सरकार ताकि देशकाे सिमाना बचाउन जाँदा हामी मरिहाल्याै भने पनि नेपाली भनेर आफ्नाे मृत्युमा गर्व गर्न पाईयाेस् ।