स्याङ्जामा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
Tuesday, May 26th, 2020, 2:55 pm
पोखरा । स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए ।दुुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुब गिरीले पुष्टि गरे।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ७ पुगेको छ । उनीहरुमध्ये २ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ ।