रुकुम पश्चिमको घटना छानविन गर्न सहसचिव नेतृत्वमा छानविन समिति गठन
Tuesday, May 26th, 2020, 2:07 pm
काठमाडौं- रुकुम पश्चिम चौरजहारी–८ मा जेठ १० गते भएको घटनाको छानविन गर्न गृह मन्त्रालयले सह–सचिवको नेतृत्वमा ५ सदस्यीय छानिबिन समिति गठन गरेको छ ।
राष्ट्रियसभामा गृहमन्त्री रामबहादुर थापाले रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताएका हुन ।
गृहमन्त्री थापाले पश्चिम रुकुमको चौरजाहरीको घटना राष्ट्रियसभामा जानकारी गराउँदै दलित युवाको हत्या जातीय अहंकारवादको उपज रहेको बताए ।
मन्त्री थापाले सो घटना जातीय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।