दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता
Tuesday, May 26th, 2020, 12:30 pm
दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उप–विजेता बनेका छन् ।
अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । आजको समापान शोमा टप फाइभमा पुगेका दिवेश भोटिङमार्फत टप टुमा पुगेका थिए ।

नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् ।
उनी प्लस टु उत्तिर्ण गरेपछि अमेरिका पुगेका थिए ।
दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।
अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।