होम आइसोलेसनमा रहेकी गर्भवतीको मृत्यु
Tuesday, May 26th, 2020, 12:06 pm
सप्तरी । सप्तरीमा होम आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ की २४ वर्षीया ती गर्भवती महिलालाई गए राति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले जनाएको छ ।
२ सन्तानकी आमा ती महिला तेस्रो पटक गर्भवती भएकी थिइन् । कोरोना संक्रमणसित मिल्ने लक्षण देखिएको र होम आइसोलेसनमा रहँदा उनको मृत्यु भएपछि उनको स्वाब लिने तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।
१० दिन अघि नै महिलालाई ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि गत बिहीबार राजविराज स्थित डा.विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।