सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि
Tuesday, May 26th, 2020, 11:45 am
काठमाडौं- सुर्खेतमा मंगलबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।
कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो।