टिपरको ठक्करबाट डिउटीमा खटिएका प्रहरीको मृत्यु
Tuesday, May 26th, 2020, 11:04 am
काठमाडौं । भक्तपुरमा डिउटीमा खटिएका एक प्रहरीको टिप्परको ठक्करबाट मृत्यु भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नयाँ ठिमी चोकमा सडकमा डिउटीमा रहेका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीको टिप्परको ठक्करका कारण मृत्यु भएको हो।
गएराति मध्यपुर ठिमी नगरपालिका ४ नयाँ ठिमी चोकमा काठमाडौबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४ ख ४७०१ नं को टिपर र संगै आउदै गरेको बा ४ ख ४३१८ नं। को टिपरहरु एकैसाथ नयाँठिमी बालकुमारी चोकको बीचको रेलिङलाई हान्दै अनियन्त्रित भई अगाडि बढ्दै जाँदा इलाका प्रहरी कार्यालय रुकुमकोट पुर्वी रुकुम दरबन्दी भई हाल महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा कार्यरत रहेका घर्ती घाइते भएका थिए।
उनलाई मध्यपुर ठिमी अस्पताल भक्तपुरमा प्राथमिक उपचार गराई थप उपचारका लागी नर्भिक अस्पताल थापाथली लगी उपचार हुँदाहुदै आज विहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटना गराउने दुवै टीपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।