विश्वमा कोरोना : ३ लाख ४७ हजार बढिको मृत्यु, संक्रमित ५५ लाख ८४ हजार माथि
Tuesday, May 26th, 2020, 11:10 am
काठमाडौं, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ३ लाख ४७ हजार ६१३ जनाको मृत्यु भइसकेको छ ।
मंगलबार बिहानसम्म ५५ लाख ८४ हजार २११ जना संक्रमित भएका छन् भने । त्यसमध्ये २३ लाख ६१ हजार ९२ जना निको भएर भर फर्केका छन् । पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएका छन् ।
यस्तै अहिले सम्म २८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार १६७ जनाको अवस्था गम्भीर रहेका छन्।
नेपालमा कोरोना भाइरसको संक्रमणले ४ जनाको ज्यान लिसकेको छ भने मंगलबार बिहान सम्म ६८९ जना संक्रमित पुगेका छन् । पछिल्लो समय निको भएर भर फर्किनेको संख्यामा पनि बृद्धि भएको छ ।
१ लाख ६८ हजार ५१५ जनाको युरोपियन मुलुकहरुमा कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको छ । भने १९ लाख १६ हजार १७७ जना संक्रमित भएकोमा ८ लाख ९३ हजार ६३ जना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसको महामारीले अमेरिकामा ९९ हजार ८०५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ६ हजार २२६ जनामध्ये ४ लाख ६४ हजार ६७० जना संक्रमणमुक्त भएका छन् ।
यसैगरी उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १५ हजार २६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २ हजार २७७ पुगेको छ । त्यसमध्ये ५ लाख ७६ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।
९ लाख ८२ हजार ४०९ जना एसियाली मुलुकहरुमा संक्रमित भएकोमा ५ लाख ७३ हजार ४४९ जना संक्रमणमुक्त भएका छन् । भने २७ हजार ८०१ जनाको मृत्यु भएको छ ।
यस्त ैदक्षिण अमेरिकी मुलुकहरुमा ३२ हजार ६३८ जनाको मृत्यु भएको छ । ६ लाख ५६ हजार १५९ जना संक्रमित भएकोमा २ लाख ६३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।
३ हजार ४९५ जनाको अफ्रिकी मुलुकहरुमा ज्यान गएको छ भने १ लाख १७ हजार ८०१ जना संक्रमित छन् । संक्रमितमध्ये ४७ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७२६ जना संक्रमित भएकोमा ८ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।