संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय
Monday, May 25th, 2020, 10:34 pm
काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।
अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण गरेको क्षेत्र समेटर नयाँ नक्सा जारी गरेका थियो ।
प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ । संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ ।