थपिए ७ जना संक्रमित, नेपालमा कुल संख्या ६८९ पुग्यो
Monday, May 25th, 2020, 10:25 pm
काठमाडौं, जेठ १२:- सोमबार राती थप ७ जनामा कोरोना संक्रमित थपिएका छन् यो संगै नेपालमा संक्रमितको संख्या ६८९ पुगेको छ ।
सोमबार राती थपिएका नयाँ संक्रमितहरु प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा २ जना, गुल्मीमा २ जना यस्तै कपिलवस्तुमा २ जना र रुपन्देहीमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रदेश ५ को अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये पहिलोपटक दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ । सोमबार थपिएका सबै संक्रमित पुरुष रहेका छन् ।
सोमबारको पछिल्लो नतिजासंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मै देखिएका छन् । यस अघि सोमबार नै ७८ जनामा संक्रमण पुष्टि भईसकेको छ थप ७ जना संगै सोमबार मात्र ८६ जना संक्रमित भेटिएका हुन् ।