देशबासीको जीवन जोखिममा पर्न दिदैनौँ : प्रधानमन्त्री
Monday, May 25th, 2020, 10:03 pm
काठमाडौं, जेठ १२ । प्रधानमन्त्री केपि शर्मा ओलीले देशबासीको जीवन जोखिममा पर्न नदिने बताउनुभएको छ ।
आज देशबासीको नाममा सम्बोधन गर्दै कुनै पनि नागरिकको जीवन जोखिममा पर्न नदिने बताउनुभएको हो । सम्बोधनका क्रममा कोरोनाको कारण विश्व नै आक्रान्त भएको परिस्थितिमा मुलुक बाहिर रहेका नेपालीहरुको उद्धार गर्न विभिन्न देशसँग पहल गरिरहेको पनि जानकारी गराउनुभयो । उहाँले स्वदेश फर्कन चाहानेहरुलाई स्वदेश फर्काउन विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिने बताउनुभएको छ । उहाँले सरकार आफ्नो नागरिक प्रति सवेदनशिल रहेको कुरा पनि जानकारी गराउदै यसमा निश्चिन्त रहन आग्रह समेत गर्नुभयो ।
कोरोनाको महामारी नेपालमा फैलदै गर्दा विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार घर फर्कनेहरुको सिमा पार गर्नुअघि अनिर्वाय परीक्षण गर्नु पर्ने भएपनि गर्न नसकिएको भन्दै स्वदेश आएकाहरुलाई क्वारेन्टाइनमा बस्न, दुरी कायम गर्न र सावधानी अपनाउन जरुरी रहेको र यसको व्यवस्थापनको जिम्मेवारी स्थानिय सरकारकारको भएको पनि बताउनुभयो ।
कसैले पनि विदेशबाट आएकाहरुलाई, घर फर्किएकाहरुलाई सम्मान व्यवहार गर्न र आत्मसम्मानमा चोट नपुर्याउन पनि आग्रह गर्नुभयो ।