राष्ट्रिय सभाका नवनियुक्त १८ जना सदस्यले आज शपथ लिने
Monday, March 30th, 2020, 9:17 am
काठमाडौं । राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज (बुधबार) लिँदैछन् ।
सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनेछन् ।
गत माघ ९ गते भएको निर्वाचनबाट राष्ट्रियसभामा नेकपाका १६ र राजपाको दुई गरी १८ सांसद निर्वाचित भएका थिए ।
यसरी निर्वाचित हुनेमा नेकपाबाट इन्दिरा गौतम, तुलसाकुमारी दाहाल, गंगाकुमारी बेलवासे, भगवती न्यौपाने, विमला घिमिरे, सुमित्रा बिसी र शारदा भट्ट रहेका छन् ।
यसैगरी नारायणकाजी श्रेष्ठ, बेदुराम भुषाल, देवेन्द्र दाहाल, गोपाल भट्टराई, मायाप्रसाद आचार्य(पारशमणि) र तारामान स्वाँर, गोपीबहादुर अछामी र राधेश्याम पासवान तथा अपांग र जगप्रसाद शर्मा निर्वाचित भएका थिए ।
राजपाबाट भने शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव विजयी भएका छन् ।
नवनिर्वाचित सांसदहरुले आज शपथ लिएपछि आजै बजे बस्ने राष्ट्रियसभाको बैठकमा सहभागिता जनाउनेछन् ।