श्रीलङ्कामा राष्ट्रपतिद्वारा संसद् भङ्ग,अप्रिल २५ मा मध्यावधि निर्वाचन
Sunday, March 29th, 2020, 8:51 am
काठमाडौं । श्रीलङ्काका राष्ट्रपति गोतबाया राजपक्षले संसद् भङ्ग गरेका छन् । राष्ट्रपति राजापाक्षेले सोमबार संसद भंग गरिदिएका हुन् ।
संसदको कार्यकाल पूरा हुन ६ महिनामात्र बाँकी रहँदा राजपाक्षेले संसद भंग गर्दै आगामी अप्रिल २५ मा मध्यावधि निर्वाचनको मिति तोकेका छन् ।
श्रीलंकाका सरकारी अधिकारीहरुले जनाएअनुसार राष्ट्रपति राजपाक्षेले मध्यरातमा संसद भंग गर्ने गजट (राजपत्र ?)मा हस्ताक्षर गरिदिएका छन् ।
राष्ट्रपतिले भंग गरिदिएको संसद सन् २०१५ मा चयन भएको थियो । श्रीलंकामा संसद भंग गर्नका लागि कम्तिमा पनि ४ वर्ष पूरा भएको हुनुपर्छ ।
यो अवधि आइतबार राति पूरा भएको थियो । समाचारमा जनाइएअनुसार अप्रिल २५ मा निर्वाचन हुनेछ भने १४ मे मा संसदको पहिलो सत्र सुरु हुनेछ ।