सञ्चारमन्त्री गोकुल बाँसकोटाले दिए राजिनामा
Friday, March 27th, 2020, 3:17 pm
काठमाडौं । सेक्युरिटी प्रेस खरिदबारे कमिसन प्रकरणमा मुछिएका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।
मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई जानकारी गराएका छन् ।
संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मा समेत समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ ।
उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’