सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन
Friday, March 27th, 2020, 2:26 pm
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) खरिद प्रक्रियामा भ्रष्टाचारको संकेत पाएको भन्दै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो ।
समितिका सचिव रोजनाथ पाण्डेका अनुसार अर्को निर्णय नहुँदा सम्म प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको हो ।
त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाबारेमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जर्मन कम्पनीलाई ठेक्दा दिएर कमिसन लिन खोजिएको भनेर सांसदहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै साइबर अपराधको मुद्दा चलाउन निर्देशन दिने निर्णय भएको पाण्डेले जानकारी दिए ।