पूर्वसभामुख महराको मुद्दाको फैसला भोलि हुने
Thursday, March 26th, 2020, 6:59 pm
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला भोलि (सोमबार) मात्रै हुने भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा आज अन्तिम सुनुवाइ भएको थियो ।
आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख महराको मुद्दाको सुनुवाइ आइतबार नै सकिए पनि फैसला भने भोलि (सोमबार) सुनाइने भएको हो । गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।